राजनीति

म तीन नम्बर प्रदेशको मुख्यमन्त्रीको मूख्य दाबेदार हुं – गगन थापा

चितवन । नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले ३ नं प्रदेशको मुख्य मन्त्रीका लागि आफ्नो दाबी रहेको बताएका छन् ।

नोपल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टीले जिम्मेवारी दिए आफ्नो मुख्यमन्त्री बनेर प्रदेश बनाउने इच्छा रहेको बताए । थापाले भने, “प्रदेशलाई बलियो बनाउन आवश्यक रहेको छ ।” ‘स्पष्ट बहुमत कुनै पार्टीको नआउने भएकाले’तालमेलमा जानसक्ने भए पनि छलफल आवश्यक रहेको उनले बताए।

एक फरक प्रसंगमा पूर्वस्वास्थ्यमन्त्री थापाले चिकित्सकले कामै रोकेर आन्दोलन गर्नु राम्रो नरहेको बताए । आन्दोलनका स्वरुप अरु पनि हुन सक्ने बताउँदै उनले संवादबाट समस्याको समाधान निकाल्न आग्रह गरे ।