मनोरञ्जन

दशैंको मुखमै रिलिज हुँदैछ यस्तो नेपाली चलचित्र

काठमाडौँ । चलचित्र  ‘मेरो पैसा खोई’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । अब रोज राणाले निर्माण तथा निर्देशन गरेको चलचित्र  ‘मेरो पैसा खोई’ असोज ११ मै आउने पक्का भएको छ । यहि डेटकम चलचित्र छक्का पन्जा २ पनि प्रदर्शनमा आउने छ ।

चलचित्रका वितरक सुनिल मानन्धरले यो डेट बाट हामि पछी नहट्ने बताए ।  ‘दर्शकहरु ढुक्क भए हुन्छ ‘मेरो पैसा खोई’ निर्धारित मितिमै रिलिज हुनेछ ।’ वितरक  मानन्धरले भने ।

यस्तै आफुहरु सुरुदेखिनै प्रचारमा उत्रिने जानकारी दिदै यो मितिबाट आफुहरु पछाडी नहट्ने निर्माता राणा अडान लिए ।

कमेडी जनराको यस सिनेमामा सौगात मल्ल, रबिन तामांग , छुल्ठिम गुरुगं, बुद्धि तामांग, बर्षा राउत लगायत कलाकारहरुको अभिनय छ ।