राजनीति

कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्बाचनमा बहुमत ल्याउछ : बरिष्ठ नेता पौडेल

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वहारा वर्गको पार्टी भन्ने कम्युनिष्ट पार्टीहरुले पैसाको खोलो बगाएर चुनाव जित्ने गरेको आरोप लगाएका छन् । कम्न्युष्टहरुले निर्बाचन जित्न पैसा खर्च गरेपनि जनताले उक्त निर्बाचनमा काँग्रेसलाई बहुमत दिनेमा संका नभएको जिकिर गरेका छन् ।

तनहुँको बन्दीपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले कांग्रेसलाई धनीमानिको पार्टी भन्ने आरोप लगाउने तर चुनावमा करोडौको खोलो बगाएर चुनाव जित्ने कसरी सर्वहारा हुन सक्छन भनि प्रश्न गरे। नेता पौडेलले कांग्रेस किसानको पार्टी र श्रमिकको साथ भएको बताए ।

नेता पौडेलले कम्युनिष्टहरुले मान्छेको टाउको काटेर क्रान्ति गरेको उल्लेख गदै कांग्रेसले क्रान्तिको सुरुवात हलो जोतेर मजदुर आन्दोलन गरेर सुरु गरेको बताए । पौडेलले कांग्रेस कुनै व्यक्तीलाई सम्पन्न बनाउन नभई सवै नेपालीलाई सम्पन्न बनाउने अभियानमा हिडेको उल्लेख गरे । उनले कांग्रेस सवै नेपालीलाई सम्मानित भएर बाँच्न पाउने अधिकारका लागि लडेको पनि स्पष्ट पारे ।

उनले प्रदेशसभा र प्रतिनीधिसभाको निर्वाचनमा सवैलाई मिलाएर कांग्रेसले बहुमत ल्याउने दाबि गरे । पौडेलले भने–‘हामी सवैलाई मिलाएर अब बहुमत ल्याउने बाटोमा छौं । तपाईहरु पनि स्थानीय निर्वाचनका तितामिठा सवै कुरा बिर्सेर आगामी निर्वाचनका लागि जुट्नुस ।’