राजनीति

काँग्रेसलाई जिताउन सबै लागौं: पौडेल

दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आसन्न प्रदेशसभा र संघीय संसदको चुनावमा काँग्रेसलाई जिताउन सबै लाग्नुपर्ने बताएका छन् ।

नेपाली काँग्रेस तनहुँद्वारा पार्टीको संगठन विस्तार र क्रियाशील सदस्यता विस्तारका लागि खटिने संयोजकहरुसँग शुक्रबार दमौलीमा भएको भेटघाटमा वरिष्ठ नेता पौडेलले सो कुरा बताएका हुन् ।

उनले अप्ठ्यारो अवस्थामा पार्टीलाई बचाउन लाग्नुपर्छ भन्दै पदमा जान मरिहत्य गर्न नहुने विचार व्यक्त गरे ।