अन्तर्राष्ट्रिय

ब्रिटिस प्रधानमन्त्रीको भाषणको स्वागत

एजेन्सी ।  ब्रिटिश प्रधानमन्त्री टरिजा मेले युरोपेली संघ (इयु) बाट ब्रिटेन अलग हुनेबारेको वार्तामा देखिएको गतिरोध तोड्ने विषयमा दिएको भाषणको इयुका प्रमुख नेताहरुले विशेष स्वागत गरेका छन्।

मेको भाषणको शैलीको प्रशंसा गर्नेहरुमा फ्रान्सका राष्ट्रपति एमानुएल माक्रों र ब्रेक्जिटबारे इयुका प्रमुख वार्ताकार मिशेल बार्निए लगायत छन्।

तर उनले बजेटसम्बन्धी ब्रिटेनको प्रतिबद्धता र ब्रिटेनमा रहेका इयुका नागरिकको सुरक्षासम्बन्धी नयाँ प्रारुपबारे उल्लेख गरेपछि दुवै नेताले त्यसबारे विस्तृत विवरण माग गरे। मेले इयुबाट ब्रिटेन अलग भएपछि दुई वर्षे संक्रमणकालको प्रस्ताव गरेकी छन्।