पु.समाचार

आफ्नै विभागका कर्मचारीले अनियमितता गरेको आशंकामा मन्त्रालयले गुहार्यो अख्तियार

काठमाण्डौ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडका महाप्रबन्धक महेश भट्टराईले संस्थामा गरेका अनियमितताहरु बाहिरिन थालेको छ । विदेश जाँदा गरेको अनियमितता र संस्थामा अनियमितता गरेको भन्दै खानेपानी तथा सरसफाई मन्त्रालयले त्यसको छानविन गर्न समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धान गरिदिन आग्रह गरेको छ ।

काडमाडौं उपत्यकाको खानेपानी वितरणको ठेक्का लिएको उपत्यका खानेपानी लिमिटेडका महाप्रबन्धक भट्टराईले नियमविपरीत लाखौं रुपैयाँ खर्च गरेको भन्दै अख्तियारलाई पठाएको पत्रमा उल्लेख छ ।