स्वास्थ्य

मन्त्रालयले यसरी गर्दैछ स्वास्थ्य क्षेत्रको समिक्षा

काठमाडौँ । स्वास्थ्य मन्त्रालयद्वारा चालुु आवमा सञ्चालित कार्यक्रमको वार्षिक समीक्षा आजदेखि शुरु भएको छ ।

चारदिने सो समीक्षामा मन्त्रालयअन्तर्गतका सातवटै प्रदेशका प्रमुख, केन्द्रीय अस्पतालका प्रमुख, जनस्वास्थ्यकर्मीलगायत स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन आर्थिक एवं प्राविधिक सहयोग गरिरहेका दातृ निकायका प्रमुखको समेत सहभागिता रहेको छ ।

बैठकमा सरकारद्वारा निःशुल्क वितरण गरिराखेका ७० प्रकारका औषधिका उपलब्धता, खोप, आमा सुरक्षा, बालस्वास्थ्य, प्रजनन स्वास्थ्य, कुष्ठरोग तथा औलो नियन्त्रण, एचआइभी÷एड्स नियन्त्रण, भूकम्पले क्षति पु¥याएका ३१ जिल्लाका स्वास्थ्य सस्था पुनःनिर्माण तथा सर्ने तथा नसर्ने रोगका बारेमा समीक्षा हुनेछ ।

स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले बैठकको उद्घाटन गर्दै संविधान प्रदत्त स्वास्थ्यका अधिकारलाई कार्यान्वयन गर्न त्यसअनुरुपमा संरचना बनाउन मन्त्रालयले काम गरिराखेका जानकारी दिए ।

उनले स्थानीय तहमा औषधि, उपकरणको अभाव हुन नदिन, विशेषगरी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या आउन नदिन र गुणस्तरीय स्वास्थ्य सेवामा सबै जनताको स्वास्थ्य पहुँच पु¥याउन स्वास्थ्यकर्मीलाई निर्देशन दिए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा राजेन्द्र पन्तले निःशुल्क स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन, नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा गरेका प्रतिबद्धतालाई पूरा गर्न विभागले ध्यान दिएको बताए ।