राजनीति

यस्तो छ दुई नम्बर प्रदेशको पछिल्लो मतपरिणाम, कांग्रेसको अग्रता, माओवादीले एमालेलाई पछि पार्ने संकेत !

काठमाण्डौ । सोमबार सम्पन्न दुई नम्बर प्रदेशको निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसले अग्रता लिइरहेको छ भने राजपाले उसलाई पछ्याइरहेको छ । तेश्रोमा माओवादी केन्द्र दौडिरहेको छ भने चौथोमा नेकपा एमाले दौडिरहेको छ । संघीय समाजवादी फोरमको दौड पाँचौमा देखिन्छ ।

यसरी हेर्दा दुई नम्बर प्रदेशमा पहिलो, दोश्रो र तेश्रो शक्ति कांग्रेस, राजपा र माओवादी हुने भएका छन् भने एमाले चौथो शक्तिको रुपमा उदाउने भएको छ । अघिल्ला निर्वाचनहरुमा पहिलो भएको एमाले योपटक चौथो भएको छ । एमालेलाई ठूलै धक्का लागेको छ ।

पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसले ११ स्थानमा जित हासिल गरेको छ भने ३१ स्थानमा अग्रता लिइरहेको छ राजपाले ७ स्थानमा जित हासिल गरेको छ भने १७ स्थानमा अग्रता लिइरहेको छ ।

माओवादी केन्द्रले ६ स्थानमा जित हासिल गरेको छ भने १४ स्थानमा अग्रता लिइरहेको छ । त्यस्तै एमालेले ५ स्थानमा जित हासिल गरेको छ भने १४ स्थानमा अग्रता लिइरहेको छ भने संघीय समाजवादी फोरमले ४ स्थानमा जित हासिल गरेको छ, उक्त पार्टीले २० स्थानमा अग्रता लिइरहेको छ ।