पु.समाचार

दशैंमा २५ औं लाख यात्रु घर फर्किदै, यस्तो छ बसपार्कहरुमा भीड

काठमाण्डौ । यात्रुबाहक बस, मिनिबस र माईक्रो बसको लाम लागेको थियो । झिटीगुन्टा बोकेर हतारिँदै आउने यात्रुको भीड लागेको थियो । ओखलढुंगा, ओखलढुंगा, रामेछाप, सोलुखुम्बु, खोटाङ भन्दै यात्रु बोलाउन ब्यस्त थिए, सञ्चालकहरु ।

अचेल काठमाडौंको चावाहिलमा हरेक दिन देखिने दृश्य हो यो । अरुबेला दैनिक पाँचदेखि सातवटा बस छुट्ने चावाहिलबाट अहिले पुर्वी पहाडका लागि ३० भन्दा बढी बस छुट्छन् ।

पछिल्लो मतगणना अनुसार काठमाण्डौ उपत्यकामा स्थायी बसोबास गर्नेको संख्या २५ लाख १७ हजार थियो ।

तर, विभिन्न पेसा र ब्यवसायका लागि यहाँ बसोबास गर्नेको संख्या समेत जोड्दा काठमाडौंको जनसंख्या ४० लाखभन्दा बढी हुने अनुमान छ । त्यसले गर्दा काठमाडौं उपत्यकामा बर्षभर नै जताततै भीडभाड देखिन्छ । यी मध्ये दशैंको बेला करिब २५ लाखको हाराहारीमा आ–आफ्नो गृहजिल्ला फर्किने गर्छन् ।