शिक्षा

भाटभटेनीका मीनबहादुरले दिए कालिकोटका गरिब बिद्यार्थीलाई डाक्टर पढाउने यस्तो बचन

काठमाण्डौ । भाटभटेनी सुपरमार्केटका प्रबन्ध निर्देशक मीन बहादुर गुरुगंले तरुण दलका महासचिब भूपेन्द्र जगं शाहीको पहलमा कालिकोटका एकजना गरिब तथा जेहेन्दार बिद्यार्थीलाई निशुल्क एमबीबीएस पढाउने भएका छन् ।
दर्जन भन्दा बढी जेहेन्दार बिद्यार्थीलाई छात्रबृतिमा पढाएर डाक्टर बनाईसकेका गुरुगंले माहासचिब शाहीको आग्रहमा कालिकोटका एकजनालाई डाक्टर पढाउन छात्रबृति दिनु गुरुगंको सह्रानीय कार्य हो ।
प्रदेश नम्बर १ खोटागं दुबे भन्ने अत्यन्तै बिकट पहाडी जिल्लामा जन्मिएर पहाडत्रबाट नै एसएलसी शिक्षा लिएका गुरुगंले काठमाण्डौ, ललितपुर, भक्तपुर, चितवन, पोखरा, धरान, बुटबल लगायतका स्थानमा दर्जनभन्दा बढी सुपरमार्केटका साखा खोलेर आफ्नो ब्यावशायमा पकड जमाएका छन् ।
व्यावशायमा पकड जमाएर सफल भएपनि उनले सामाजिक सेवामा ध्यान दिनु उचित कार्य हो । तेपनि उनले नेपालकै बिकट जिल्ला कालिकोटको बिद्यार्थीलाई छात्रबृति दिनु थप उचित कार्य हो ।
भूपेन्द्रले उक्त सहमती हुनेबित्किै आफ्नो फेसबुकमा यस्तो लेखेका छन्, “आज जिबनकै महत्त्वपूर्ण उपलब्धि भएको महसुस गरेको छु।
कालिकोटको इतिहासमै पहिलोपटक एकजना विद्यार्थी लाई निशुल्क एमबीबीएस (डाक्टर) अध्ययन गर्नको लागि मेरो पहल र आग्रहमा भाटभटेनी सुपरमार्केटका सन्चालक आदरणीय समाजसेवी मीन बहादुर गुरुङ ज्युले सम्पुर्ण खर्च ब्यहोर्ने हुनु भयको छ। यस्तो छात्रवृत्ति बाट जेहेन्दार तथा बिपन्न विद्यार्थीले डाक्टर पढ्ने सुबर्ण मौका प्राप्त गर्नेछन भने, चिकित्सकको अभावमा अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता बाट कालिकोटका नागरिकहरुलाई केही मात्रमा भयपनी अबस्य राहत पुग्ने मैले आशा र बिश्वास लियको छु।”

मीनबहादुरले युर्यखबरसंग भने, “आफूलाई जनतालाई शिक्षित बनाउने कार्यमा सहयोग गर्दा आनन्द प्राप्त हुने हुने प्रतिकृया दिए । गरिब तथा जेहेन्दार बिद्यार्थीलाई सहयोग गर्ने आफ्ना पुरानो कार्यक्रम भएको जिकिर गरेका छन् ।”