अन्तर्राष्ट्रिय

पाकिस्तानका पूर्वप्रधानमन्त्री शरिफकी पत्नी उपनिर्वाचनमा विजयी

एजेन्सी । अदालतबाट गत जुलाइमा पद सम्हाल्न अयोग्य ठहर गरिएका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी श्रीमती लहोरको उपनिर्वाचनमा ‘विजयी’ भएकी छन्।

अनौपचारिक नतिजा अनुसार कुलसूम नवाजले आफ्ना निकटतम प्रतिद्वन्द्वीले भन्दा करिब १५ हजार बढी मत ल्याएकी छन्।

स्थानीय सञ्चारमाध्यमहरुका अनुसार उनले ६१, २५४ मत प्राप्त गरेकी छन्।

भ्रष्टाचारसम्बन्धी मुद्दामा हालसालै पाकिस्तानको सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्री नवाज शरिफलाई सार्वजनिक पद धारण गर्न योग्य नभएको ठहर गरेपछि उनले राजीनामा दिएका थिए।