आर्थिक

दशैंको मुखमा नौ अर्बभन्दा बढीका नयाँ नोट साटिए !

काठमाण्डौ । अहिलेसम्म नौ अर्ब १२ करोड १७ लाख ५० हजारका नयाँ नोट साटिएका छन् । आइतबारसम्ममा राष्ट्र बैंक तथा सबै बैंक तथा वित्तीय संस्थाबाट उक्त परिमाणमा नयाँ नोट साटिएको हो ।

नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका निर्देशक भिष्म उप्रेतीले भने, पछिल्ला दिनमा नयाँ नोट साट्न आउनेको संख्या बढेको छ । आइतबार मात्र करिब १५ सय जनाले नयाँ नोट साटेका छन् ।