राजनीति

पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम विथोल्न गाउँपालिका अध्यक्षको अपहरण !

रोल्पा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रोल्पा जाने तयारी भइरहेका बेला सोही पार्टीबाट गाउँपालिका अध्यक्ष भएका वीरबहादुर घर्ती अपरहरणमा परेका छन् ।

जिल्लाको थवाङ गाउँपालिकाका अध्यक्ष घर्तीलाई बिहीबार राती अज्ञान समूहले अपहरण गरेको हो । सोही गाविसका रहेको आफ्नो ससुराली घरमा सुतिरहेका बेला रातको २ बजे अज्ञात समुहले अपहरण गरेको प्रहरीले पुष्टि गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष सोही गाउँपालिकाको गाउँसभा उद्घाटन गर्न शनिबार त्यसतर्फ जाँदै थिए । तर त्यसको दुई दिनअघिनै अज्ञात समूहले गाउँपालिका अध्यक्ष घर्तीको अपरहरण गरेको छ ।

अपरहण कसले गर्यो भन्ने पुष्टि भइनसकेको बताइएको छ । दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष भएका घर्ती त्यहाँका स्थापित स्थानीय नेता हुन् ।

उनले चुनावमा कांग्रेस,एमाले र विप्लव नेतृत्वको नेकपा लगायतको संयसक्त गठबन्धनलाई पराजित गरेका थिए । माओवादी केन्द्रका अध्यक्ष दाहाल सहभागी हुने कार्यक्रमलाई प्रभावित पार्ने उद्धेश्यले उनको अपरहण गरिएको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि, कसले र किन अपहरण गरिएको हो भन्ने पुष्टि भने हुन सकेको छैन ।