पर्यटन/संस्कृति

पर्यटन पत्रकार संघमा भण्डारी निर्वाचित

काठमाडौँ । पर्यटन पत्रकार संघ (जाट) नेपालको अध्यक्षमा नारायण भण्डारी निर्विरोध निर्वाचित भएका छन् । संघको आइतबार भएको सातौँ वार्षिक साधारण सभाले भण्डारीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

संघको प्रथम उपाध्यक्षमा शिव श्रेष्ठ, द्वितीय उपाध्यक्षमा शेखर अधिकारी, महासचिवमा हरिशरण न्यौपाने, सचिवमा कुमार चौलागाईँ र कोषाध्यक्षमा राजीव जोशी निर्वाचित भएका छन् ।

यस्तै, सदस्यमा अच्युत रेग्मी, किशोर बस्नेत, श्रीहरि श्रेष्ठ, सविता उप्रेती, शंकर प्रधानाङ्ग, किशोर खड्का र मोहन मैनाली निर्वाचित भएका छन् । कूल १५ सदस्यीय कार्यसमिति रहने उक्त संघमा दुईजना सदस्य पछि मनोनित गरिने व्यवस्था छ ।

नवनिर्वाचित अध्यक्ष भण्डारीले पर्यटन प्रवद्र्धन गरी देशको आर्थिक विकासका लागि आफ्नो कार्यसमितिको मुख्य लक्ष्य रहने बताए । उनले पर्यटन क्षेत्रको विकास गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन आफूहरु लाग्ने प्रतिबद्धता व्यक्त गरे ।