राजनीति

प्रधानमन्त्री देउवाद्वारा बिबादित बोहोरा र पाण्डे सहित ४ मन्त्री नियुक्त

काठमाण्डौ । प्रधानमन्त्री देउवाले केही दिन अगाडी मात्रै राप्रपाबाट अलग भएको राप्रपा प्रजातन्त्रीकबाट तीन मन्त्री र एक राज्य मन्त्रीलाई नियुत्त गरेका छन् ।
कमल थापाबाट अलग्गिएर सरकारमा जाने उद्देश्यमा पशुपति शम्सेर राणाले सुनिल थापा, दिपक बोहोरा, बिक्रम पाण्डे लगायत राप्रका २० सांसद सहित बाहिरिएका थिए ।  आईतबार नै राष्ट्रपति कार्यलयलाई पत्र पठाएका छन् र सोमबार ११ बजे नवनियुत्त मन्त्रीहरुको सपथ हुने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले बताएका छन् ।

प्रजातान्त्रकिबाट शनिबार मात्र संसदीय दलको नेतामा नियुत्त भएका दिपक बोहोराले विज्ञान मन्त्रालय सम्हाल्दै सरकारको नेतृत्व गर्नेछन् भने विक्रम पाण्डे र सुनिल थापा क्रमसः वन र उद्योग मन्त्री बन्नेछन् । राज्य मन्त्रीमा भने यस भन्दा पहिला पनि मन्त्री बनिसकेका रेशम लामाले सपथ खानेछन् ।  यसअघि ५० सदस्यीय मन्त्री हुँदा जम्बो नाम पाएको देउवा सरकार अब ४ मन्त्री सपथ खाएपछि ३ उपप्रधानमन्त्री, २४ राज्यमन्त्री र २६ मन्त्री गरेर जम्मा ५४ सदस्यीय जम्बो भएको छ । यसअघि ५७ जनाको मन्त्रीपरिसद हुने अनुमान गरिएपनि प्रधानमन्त्री देउवाले राप्रपा प्रजातान्त्रीकलाई ४ भन्दा बढि मन्त्रालय नदिएपछि सँख्या नबढ्ने बताइएको छ ।

नवनियुक्त मन्त्रीहरु विक्रम पाण्डे, दिपक बोहोरा यसअघि मन्त्री हुँदा ब्यापक बिबादमा आएका थिए ।