मनोरञ्जन

ऐश्वर्या र कट्रिना बाहेक यस्तो छ सलमानको सिंगल जिवन !

यदि तपाई बलिउडको हरेक खबरको चासो राख्नुहुन्छ भने हेर्नुस् यो आर्टिकल र लिनुहोस् मनोरञ्जन । आफ्नो मनपर्ने स्टारको बारेमा थाहा त अबस्य हुन्छ तरपनी यदि तपाई उनको बारेमा केहि नयाँ मनोरञ्जनात्मक र सत्य कुरा थाहापाउन चाहनुहुन्छ भने यो अबस्य पढ्नुहोला ।
अब यहि कुरालाइ पुरागर्न हामी सुरु गर्दैछौँ बलिउडका दबंग सुपरस्टार सलमान खानबाट ।

सलमान खान जती आफ्नो फिल्मको कारण खबरमा आउँछन् त्यो भन्दा ज्यादा आफ्नो निजि जिवनलाइ लिएर खबरमा रहन्छन् । चाहे त्यो प्रेमको कुरा होस्, चाहे मातेर कसैलाइ गाडिले किच्ने मामला होस्, या त सडेआम कोहि अर्को अभिनेतालाई धम्कि दिएकोकारण होस्, सलमान खान जहिल्यै खबरमा रहेकै हुन्छन् । उनको प्रेम सम्बन्धको बारेमा त के कुरा गर्नु ? त्यो त जहिल्यै बलिउडको टप खबरमा पर्ने गर्दछ ।
सलमानको पहिलो प्रेमिकाको ताज जो–कोहिले संगिता बिजलानीको शिरमा सजाउने गर्दछन् । एक जमाना थियो सलमान र संगिताको प्रेम सम्बन्ध निकै चर्चामा थियो जब सलमान खान फिल्म इंन्डसट्रिमै छिरेको थिएनन् तर संगिता बिजलानीको नाम भने इंन्डसट्रिमा कतै–कतै जोडिन पुगेको थियो । दुवै एक–अर्काको नजिक थिए तर सोमी अलिको कारण उनिहरु बिच बिछोड हुन पुग्यो ।

पाकिस्तानी अभिनेत्री सोमी अलि सलमानको दाश्रो प्रेमिका हुन् । उनिहरुको प्रेम सम्बन्धले पनि त्यो बेला निकै चार्च पायो तर केही समयको लागि मात्रै किनभने सलमानको जिन्दगिमा मिस वल्र्ड रहेकी एस्वोर्या रायको एन्ट्री भयो ।

जब–जब बलिउडमा प्रेम कहानिको कुरा गरिन्छ, त्यो सलमान र एस्वर्याको प्रेम कहानी बिना अधुरै रहन्छ । एउटा दिलफेक प्रेमीको प्रेम, प्रेममा हराउने डर, डरलाई बचाउन आशंका, आशंकाले सकिन्छ सम्बन्ध र सम्बन्ध सकिए पछिको पिडा । यो प्रेम सम्बन्धको अन्त्य नराम्रो सँग भयो तर यो कहानीले बलिउडमा सबैभन्दा बढि चर्चा बटुल्यो । भनिन्छ सलमान खानले ऐश्वर्या माथि हातपनि उठाएका थिए र प्रेम सम्बन्ध टुट्नुको कारण पनि त्यहि थियो । मायामा हार्नुको पिडा के हुन्छ भनेर सायद सलमानलाई त्यहि सम्बन्ध बिछोड भएपछि थाहा भयो होला !

ऐश्वर्या रायसँग छुटेको पिडाले सलमान भित्र–भित्रै निकै चिन्तित भए तर त्यो चिन्ताले उनलाई धेरै सताउन भने सकेन । ऐश्वर्याबाट टाढा भएपछि सलमानले पाए कट्रिना कैफ । कट्रिना कैफको लागि सलमान खानले बलिउडमा सबै बाटो खोली दिए । सलमानले कट्रिनालाई काम मिलाइदिए र उनिहरुको विवाह हुने चर्चापनि निकै थियो तर यो भने हुन सकेन । कट्रिना रणबिर कपुरसँग के नजिकिएको थिईन् सलमानले सम्बन्ध नै बिच्छेद गरिदिए । सलमानले कट्रिनालाई पनि बेलाबेला हात छोड्ने गरेको खबर आइरहन्थ्यो ।

आज परीस्थिती यस्तो छ कि, यदि सलमान खान कोही अभिनेत्रिसँग हाँस्दै गरेको देखिए भने मिडिया र पब्लिक उनलाईनै सलमान खानको प्रेमिका मान्ने गर्छन् । तर सत्य यो होकी सलमानले आज सम्म जतिपनि अभिनेत्रिलाई प्रेम गरे त्यो सबै अधुरै रहयो । संगिता बिजलानीको विहे मोहम्मद अजहरुदिनसँग भयो, सोमी अलीले छाडेर गईन्, ऐश्वर्याले अभिषेक बच्चनसँग विहे गरिन् भने कट्रीनासँग पनि लगभग उनको छुटि सक्यो । सलमान खान आज सिंगल छन् तरपनि उनलाई चाहनेहरुको कुनैपनि कमी छैन् ।