खेलकुद

प्रिमियर लिगमा लिभरपुलमाथि म्यान्चेष्टर हावी

एजेन्सी । विश्वप्रसिद्ध फुटबल क्लब म्यान्चेष्टर सिटीले लिभरपुलमाथि अत्याधिक गोल गरेको छ । प्रिमियिर लिग फुटबलको पछिल्लो खेलमा सो क्लबले लिभरपुलमाथि गोलको वर्षा गरेको हो ।  घरेलु मैदानमा भएको सो प्रतियोगितामा सिटीले लिभरपुललाई ५–० अन्तरले पराजित गर्न फिल भएको थियो ।

खेल सुरु भएको ३७ औं मिनेटमा सिटीले प्रभावशाली जित निकाल्न सफल भएको थियो । सो खेलमा साडियो माने रातो कार्ड खाँदै मैदान बाहिरिएपछि दश खेलाडीमा सिमित बनेको लिभरपुलमाथि म्यान्चेष्टर सिटी प्रभावशाली रुपमा हावी भएको थियो ।

खेलमा पच्चिसौं मिनेटमा सर्जियो अग्युरोले घरेलु टिमलाई दिलाएको अग्रतालाई ब्राजिलियन स्टार जिससले पहिलो हाफको इन्जुरीमा दोब्बर पार्न सफल भएका थिए । खेलका क्रममा जिससले दोश्रो गोल गर्दै टोलीलाई ३–० को उचाईमा पुर्याउन सफल भएका थिए ।

उनले ५३ औं मिनेटमा सो स्थितिमा पुर्याएका थिए । त्यस्तै अर्का खेलाडी लिरोयले ७७ औं मिनेटमा लगातार दुई गोल गर्दै ५–० को स्थितिमा पुर्याउन सफल भएका थिए ।  ती गोलसँगै सिटीले १० अंक जोड्न सफल भएको छ । जबकी प्रतिस्पर्धामा उसले ४ खेल खेलेको थियो ।