मनोरञ्जन

नेपाल आइडलः आयो कसैले नसोचेको मतपरिणाम, कसलाई कति मत प्राप्त भयो ? (सूचीसहित)

काठमाण्डौ । पछिल्ला दिन निकै चर्चामा रहेको नेपाल आइडलको कडा प्रतिस्पर्धाबाट सागर आले आउट भएका छन् । सो प्रतियोगिताका चार प्रतिस्पर्धीमध्ये आलेले सबैभन्दा थोरै मत ल्याएपछि उनी प्रतिस्पर्धाबाट बाहिरिएका हुन् । अघिल्लो शुक्रबार प्राप्त ३७ लाख २० हजार ३ सय १६ मध्ये आलेलेले अन्य तीनजना भन्दा थोरै मत प्राप्त गरेका थिए । उनले ८ लाख ९ हजार ९ सय ५१ मत पाएका थिए भने सबैभन्दा बढी मत प्राप्त गर्ने बुद्ध लामाले ११ लाख ४५ हजार ५ सय ३८ मत प्राप्त गरेका छन् । त्यसमध्ये सागर आलेलाई एसएमएसबाट ४ लाख १९ हजार ८ सय ७५ मत खसेको थियो भने अनलाईनबाट ३ लाख ९० हजार ४० मत प्राप्त भएको थियो ।

त्यस्तै सबैभन्दा बढी मत प्राप्त गर्ने बुद्ध लामालाई एसएमएसबाट ६ लाख ९१ हजार ५७ मत प्राप्त भएको थियो भने अनलाइनबाट ४ लाख ५४ हजार ४ सय ८१ मत प्राप्त भएको छ । सो प्रतियोगितामा झरेको मतपरिणाम अनुसार प्रताप दास दोश्रो र निशान भट्टराई तेश्रो भएका छन् ।

दासलाई जम्मा ८ लाख ९३ हजार ३ सय ४७ मत प्राप्त भएको छ भने भट्टराईलाई ८ लाख ७१ हजार ४ सय ८० मत प्राप्त भएको छ । दासलाई एसएमएसबाट ७ लाख १४ हजार ९ सय ९९ मत प्राप्त भएको छ भने अनलाइनबाट १ लाख ७८ हजार ३ सय ४८ मत प्राप्त भएको छ । त्यस्तै भट्टराईलाई एसएमएसबाट ५ लाख ३ सय ३१ मत प्राप्त भएको छ भने अनलाइनबाट ३ लाख ७१ हजार १ सय ४९ मत प्राप्त भएको छ ।

कसको सम्भावना देखिदैछ ?
माथि उल्लेखित मत परिणामअनुसार बुद्ध लामा पहिलो देखिएका छन् तर अन्य प्रतिस्पर्धी पनि उत्तिक्कै लोकप्रिय देखिएका छन् । मतपरिणाममा अगाडी देखिने बुद्ध लामापछि दोश्रो हुने प्रताप दासको मत करिब साढे २ लाख घटी देखिन्छ भने तेश्रो हुने निशान भट्टराईको मत २२ हजारको हाराहारीमा तल देखिन्छ । मतपरिणाम अनुसार सागर आले अब प्रतियोगिताबाट बाहिरिसकेका छन् । अबको चर्को प्रतिस्पर्धा लामा, दास र भट्टराईबीच हुने देखिन्छ । मतपरिणाम जे जस्तो आएपनि यी तिनै हस्ती उत्तिक्कै प्रतिभावान देखिन्छन् । त्यतिमात्र होइन तेश्रो स्थानमा रहने भट्टराईको कलात्मक प्रस्तुतिलाई हेर्ने हो भने उनलाई त्यतिमात्रै मत नझनुपर्ने दर्शक र सर्वसाधारणहरुको भनाई छ । निसान भट्टराईको स्वरमा जति जादु छ, त्यतिक्कै बुद्ध लामा र प्रताप दासको स्वर र कलामा पनि निकै राम्रो जादु देखिन्छ । मतपरिणाम जस्तो आएपनि अझै यी तीन प्रतिस्पर्धीमध्ये दुईजनाले नेपाल आइडलको मञ्च छाडेर बाहिरिनुपर्ने हुन्छ अबको केही हप्तामा यो दृष्य देखिनेछ, त्यसबेलासम्म कसले कति जादु देखाउछन् त्यो भने हेर्न बाँकीनै छ ।