पु.समाचार

यी पाँच देशले चाहे बिश्व नै कब्जा गर्न सक्छन् ! (भिटो पावर) !!

के हो त भिटो पावर भनेको ?

भनिन्छ भिटोे ‘ल्याटिन’ शब्दको अर्थ ‘म निषेध गर्छु’ हो । असलमा भिटो पावरको सामान्य अर्थ भनेको ‘संयुक्त राष्ट्र संघ’को स्थायी सदस्य देशहरुको विशेष अधिकार हो । यस्तो सदस्य देश जो सँग यो विशेष अधिकार छ, उसले परिषद्मा लागु हुने कुनैपनि प्रस्ताव रोक्न सक्छ र त्यसलाई इन्कार समेत गर्ने अधिकार उक्त देशसँग हुन्छ । संसारका ५ शक्तिसाली देशहरुले स्थायी सदस्यता प्राप्त गरेका छन् ।  ६ सय एक साँसदले नेपाल चलाइरहेका छन् भने यी पाँच शक्तिशाली देशहरुले संसार चलाइरहेका छन् ।

त्यस्ता स्थायी सदस्य देशहरुको सुचिमा आउने पाँच देशहरु यस प्रकार छन् :–

अमेरीका, फ्रान्स, रुस, ब्रिटेन र चिन । सन १९४५ देखी लिएर अहिले सम्म २४५ पटक भिटो पावरको प्रयोग गरिएको छ । सोवियता संघ (रुस)ले सबै भन्दा बढि भिटो पावरको प्रयोग (१२० पटक) गरेको छ । अमेरीकाले मार्च १९७१ मा पहिलो चोटी रोडेसियाको प्रश्नमाथि भिटो पावरको प्रयोग गरेको जनाईएको छ भने उक्त पावरको प्रयोग चिनले १९७२ मा बंगलादेश विश्व संस्थामा प्रवेश गर्ने प्रश्नमा गरेको थियो ।
विटो पावरको उदेश्य :–

यसले विश्वमा सुरक्षा र शान्तिको स्थापना गर्छ र यदि विश्व शान्तिमाथि केही खतरा आइपरेमा यसले विचार र हेरदेख गर्दछ । यसले संसारका जुनसुकै देशबाट पठाएको असन्तुष्टिमाथि विचार गर्छ भने जुनसुकै झरझगडाको मामलालाई सुल्झाउने काम गरेर विश्वमा शान्ति र सुरक्षा कायम राख्दछ ।