शिक्षा

‘फिस्कल ल’ पुस्तक सार्वजनिक

काठमाडौँ । अधिवक्ता अवतार न्यौपानेद्वारा लिखित ‘फिस्कल ल’ नामक पुस्तक आज सार्वजनिक गरियो ।
अंग्रेजी भाषामा लेखिएको उक्त पुस्तकमा नेपालको वित्तीय कानूनसम्बन्धी विभिन्न लेख रचना समावेश छन् । कर्पोरेट लिगल रिसर्च सेन्टरले प्रकाशित गरेको उक्त पुस्तकको मूल्य रु ३७५ राखिएको छ । लेखकको यो तेस्रो कृति हो । तनहुँमा जन्मीएका लेखकको बैंकिङ ल र कम्पनी ल पुस्तक यसअघि नै प्रकाशित भइसकेका छन् ।

पुस्तकको लोकार्पण राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले गरेको थिए भने कार्यक्रमको आयोजना तनहुँ–काठमाडौँ इन्टलेक्टचुयल डेमोक्रेटिक सोसाइटी नेपालले गरेको थियो ।