समाचार

अनियमितता गरेको सम्बन्धमा ध्यानाकर्षण !

काठमाण्डौ । अनियमितता गरेको सम्बन्धमा ध्यानाकर्षणअनियमितता गरेको सम्बन्धमा ध्यानाकर्षण उपरोक्त सम्बन्धमा ‘ज्योतिको घर नेपाल’ नेपालका बादी समुदाय तथा दुर्गमका अति विपन्न बालबालिकालाई आवाससहित निशुल्क शिक्षा प्रदान गर्दै आएको संस्था हो । काठमाडौँको मुलपानीमा केन्द्रीय कार्यालय रहेको यस संस्थाले हाल अति विपन्न समुदायका झण्डै ६०० बालबालिकालाई छात्रवृतिसहित गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको सर्वविदितै छ ।

‘ज्योतिको घर नेपाल’सँग सन् २०१० देखि सहकार्य गर्दै आएको स्वीडेनको ‘लभ एण्ड होप’ (पहिले लभ नेपालका नाममा रहेको) गैरसरकारी संस्थाले यस संस्थाका नाममा विदेशमा अनावश्यक मुद्दालाई विषय बनाई करोडौ रकम संकलन गरी हिनामिना गरेकोप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । ‘लभ एण्ड होप’का संचालकद्वय माईकल एल्भियन  र ईङ मेरि एल्भियन लगायत उनका परिवारले ‘ज्योतिको घर नेपाल’मा अध्ययनरत बालिकाहरुलाई हुदै नभएको कुरा (बेश्यालयबाट उद्धार गरिएका) र भूकम्पबाट यस संस्थाको कनै घर नभत्केको र कुनै मानवीय क्षति नभएको भएपनि ‘लभ एण्ड होप’का संचालकले छात्रावासका भवनहरु ध्वस्त भएको र बालबालिकाको अंगभंग भएको भनी विदेशमा दुस्प्रचार गरेको घट्नाप्रति घोर आपत्ति जनाउँदै अन्तर्राष्ट्रिय कानुनअनुसार कारवाहीको माग गर्दछौँ ।

‘लभ एण्ड होप’का संचालकद्वयले यस संस्थाका बालबालिकाको बाल अधिकार तथा मानवाधिकार हनन गर्नुका साथै नेपालको राष्ट्रिय छविमाथि नै आँच पुग्ने गरी विदेशमा बदनाम गरेको र बालबालिकालाई सहयोग तथा भूकम्पमा सहयोग गर्ने भनी ‘ज्योतिको घर नेपाल’का नाममा सन् २०१६ मा मात्र रु. ४० करोड संकलन गरेको उनीहरुको विवरणमा उल्लेख छ । उक्त सम्पूर्ण पर्दाफास भएपछि ‘ज्योतिको घर नेपाल’ले ‘लभ एण्ड होप’ संस्थाका विरुद्ध नेपाल पर्यटन प्रहरी, परराष्ट्र मन्त्रालय, केन्द्रीय बाल कल्याण समिति, नयाँदिल्लीस्थित स्वीडेन हेर्ने राजदूताबासलगायत आवश्यक सरकारी तथा अन्र्तराष्ट्रिय निकायमा उजुरी गराईसकेको र आवश्यक कारवाही प्रक्रिया समेत अघि बढिसकेको छ ।

यस संस्थामा अध्ययनरत छात्राहरुलाई स्वीडेनमा घुमाउन लगी त्याँहाका सञ्चारमाध्यममा जबरजस्ती बेश्यालयबाट उद्धार गरिएको भन्न लगाउने तथा करिब ८०० बालबालिकालाई आफैले भारतको बेश्यालयबाट उद्धार गरी नेपाल ल्याएको भनी विदेशमा दुस्प्रचार गर्ने र झुठ विवरण पेश गरी रकम संकलन गर्दै आएका ‘लभ एण्ड होप’का संचालकद्वय माईकल एल्भियन र ईङ मेरी एल्भियनलगायतलाई आवश्यक कारवाहीका लागि नेपाल सरकार, स्वीडिस सरकार तथा सरोकारवाला निकायको ध्यानाकर्षण गराउन चाहन्छौँ । -सम्बन्धीत संस्थाले विज्ञप्ती स्वरुप गराएको ध्यानाकर्षण हो ।