मनोरञ्जन

डा. मसहुर गुलाटि अस्पतालमा भर्ना, बने डेंगुको शिकार !

हाँस्य कलाकार सुनिल ग्रोबर जो डा. मसहुर गुलाटिका नामले प्रसिद्ध छन् । उनी अस्पताल भर्ना भएका छन् । कपिल शर्मा सोबाट आफूलाई स्थापित गराएका गुलाटि डेंगु भएपश्चात एसियन हार्ट इन्स्टिच्युटमा भर्ना भएका हुन् ।

केही समयअघि कपिल शर्मा सो छाडेका उनी लगातार ज्वरो, टाउको दुख्ने जस्ता सम्स्याबाट ग्रस्त भएर अस्पताल पुग्दा उनलाई डेंगु देखिएको हो । गुत्थी, मशहूर गुलाटी र रिंकु भावीको रोलमा निकैनै चर्चित बने उनी । पछिल्लो समय सुनिल लाइभ इभेन्ट्स, अवार्ड सो लगायतमा आफूलाई व्यस्त गराउँदै आएका छन् भने अहिले अस्पतालमा भर्ना हुन पुगे ।