पु.समाचार

अठासी किलो सुनसहित एक जना पक्राउ, नेपालको इतिहासमै पहिलोपटक !

काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ८८ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

महाशाखाबाट खटिएको टोलीले गए राति २ बजे क्षेत्रपाटीबाट पक्राउ गरेको हो । यतिधेरै सुन एकैपटक बरामद भएको नेपालको इतिहासमै पहिलोपटक हो ।

महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनीले बा १७ च ६४२७ नंको पार्किङ गरेर राखिएको गाडीबाट पक्राउ गरिएको जानकारी दिए ।

महाशाखाले गाडीसहित मनोज अधिकारीलाई पक्राउ गरेको छ ।