राजनीति

यसरी जानीजानी गरिदैछ चुनावमा आचारसंहिता उल्लंघन

काठमाण्डौ । तेस्रो चरणको स्थानीय निर्वाचन नजिँदै गर्दा विभिन्न दलका उम्मेदवारले चुनावी अभियान तीव्र बनाएका छन् । चुनावी प्रतिस्पर्धासंगै उम्मेदवारबीच मतदाता रिझाउन भण्डारा भोजभतेर गर्न तछाडमछाड चलेको छ । राजनीतिक दल र उम्मेदवार आफुलाई बलियो रुपमा प्रस्तुत गर्न तडकभडकमा उत्रिएका छन् ।

उम्मेदवारले मतदाता प्रभावित पार्न जमघट सभा भोज गरिरहेका छन् । एउटा दलको उम्मेदवराले भणडरा गरेको भोलिपल्टै अर्को दलको उम्मेदवारले भण्डारा मतदाता आफ्नो पक्षमा ल्याउन कोसिस गरिरहेका छन् ।

एउटा दलका उम्मेदवारले भण्डारामा कुखुराको मासु खुवाउँदा अर्को दलका उम्मेवरा उनलाई उछिन्दै खसीको मासुको भण्डारा गर्छन्, लाहान नगरपाकिला ११ भोटियाटोलका एक ब्यापारीले भने, यहाँ दैनिकजसो मासुभातको भोज चलिरहेको छ ।

सोमबारको नागरिकमा लेखिएको छ, उम्मेदवार चुनावी प्रचारमा आयोकि मासुसहितको भण्डारा छ भन्ने बुझ्छन् यहाँका जनता । भोजमा बच्चादेखि बुद्धाबुद्धासम्म सहभागी हुने उनले बताए ।