पु.समाचार

एमालेले बनायो यस्ता व्यक्तिलाई महानगरको उम्मेद्वार, खुल्यो भित्री रहस्य !

पर्सा । वीरगन्ज महानगरपालिकालाई ९ करोड कर तिर्न अटेरी गरेका बसुरुद्धिन अन्सारीलाई एमालेले महानगरपालिकामा मेयरको उम्मेदवार बनाएको छ । अन्सारी वीरगन्जस्थित नेसनल मेडिकल कलेजका प्रबन्धक निर्देशक हुन् । उनी कलेजका प्रमुख लगानीकर्ता पनि हुन् ।

सोमबारको नागरिकमा लेखिएको छ, बक्यौता कर असुलीका लागि ताकेता दिन गएका महानगरपालिकाका कर्मचारीलाई ढोकाबाट भित्र छिर्न नदिई फिर्ता पठाईदै आएका अन्सारीले मयेरको उम्मेदवारी भएपछि आफुले कलेजको प्रबन्धक निर्देक पद छोडिसकेको बताएका छन् ।