आर्थिक

गभर्नरद्वारा सिटिजन्स बैंकको छहारा शाखा उद्घाटन

काठमाण्डौ । नेपालको बैंकिंग क्षेत्रमा पहिचान बनाउन सफल रहेको सिटीजन्स बैंकले आफ्नो ६० औं शाखा पाल्पा को छहरा मा समुद्घाटन गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपाल आईतबार उक्त साखाको उद्घाटन गरी बैंकिंग कारोबारको सुरुवात गरिएको छ । उक्त समारोहमा जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, ब्यापारी, नागरिक समाजका अगुवाहरुको उपस्थिथि रहेको थियो ।

छहारा शाखाको बिधिबत समुद्घाटन संगै सिटीजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकहरुलाई देशभरी फैलिएका यस बैंकको ६० वटा शाखा, ५९ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखा रहितआधुनिक बैकिङ्ग सेवाबाट करिब ३ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ । आफ्ना ग्राहकवर्गलाई रेमिट्यान्स सेवा, ड्राफट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा ईन्टरनेशनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सविधाहरु तथा कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुबिधाहरु पनि उपलब्ध गराउदै आऐको छ ।

उक्त समारोहमा सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत बैंकले गभर्नरको बाहुलीबाट भैरव नवदिप माध्यामिक विद्यालयलाई १ थान कम्प्यूटर र महाकाली माध्यामिक विद्यालयलाई १ थान कम्प्यूटर गरी जम्मा २ थान कम्प्यूटर हस्तान्तरण गरेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्नाग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थपशाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।