राजनीति

कुनैपनि भैष्टाचारीलाई छाड्नु हुंदैन – ओली

चितवन। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारीमाथि निर्ममतापूर्वक कारबाही हुनुपर्ने बताएक छन्।

प्रेस चौतारी नेपाल चितवनले आईतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भ्रष्टाचार राज्यशक्तिको दुरुपयोग यसकै संरक्षणमा भइरहेको आरोप लगाए । नेपालको संसद्मा दुई दिनअघि भएको निर्णयको प्रधानमन्त्रीले भारतमा पुगेर खिल्ली उडाएको पनि उनले बताए।

सीमांकनका विषयमा असन्तुष्टि व्यक्त गर्दै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले ‘निहित स्वार्थका लागि सीमांकन गरिएकाले’समय क्रममा त्यसलाई सच्याइने छ भने ।