समाचार

पूर्वपश्चिम राजमार्गमा एकाबिहानै स्कारपियो जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

मोरङ । आइतबार पूर्वपश्चि राजममार्ग अन्तर्गत मोरङको सुन्दरहरैंचा नगरपालिका–७ मा कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर मोरङ पथरी शनिश्चरे नगरपालिका २ का ३२ वर्षीय रामप्रसाद राई र झापा शिवसतानी नगरपालिका–२ का २१ वर्षीय विमला राईको मृत्यु भएको हो ।

कारमा सवार उनीहरुको टाउको र शरीरका विभिन्न भागमा चोट लागेर क्षतिविक्षत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनामा १८ वर्षीया विनु राई घाइते भएकी छन् । घाइते राईको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचा भइरहेको जनाइएको छ । बा १६ च ४७५७ नम्बरको उक्त स्कार्पियो जिप पश्चिमबाट पूर्वतर्फ तिव्र गतिमा जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीको भनाई छ ।

आइतबार बिहान ४ बजे भएको सो दुर्घटनामा जिप रुखमा ठोक्किएको थियो । रुखमा ठोक्किएको उक्त जिप पूर्णरुपमा क्षतिग्रस्त भएको छ । सो जिपका चालक पुण्यप्रसाद तिम्सिना भने अहिले फरार रहेको प्रहरीले जनाएको छ । चालक तिम्सिना मोरङ, पथरी शनिश्चरे–२ निवासी भएको र उनको खोजी भैरहेको प्रहरीले जनाएको छ ।