पु.समाचार

दशैका लागि खसी किन्दै हुनुहुन्छ, यसरी छुट्याउन सकिन्छ स्वस्थ खसी

काठमाण्डौ । खसीबोकाको सिङमा रातो लगाइएको खसीको मासु नखानुहोस् । हरियो लगाएको मात्र मासु खानुस् । किनकि रातो रङ लगाएको खसीबोका अस्वस्थ हुन्छन् ।

आइतबारको नेपालसमाचारपत्रमा लेखिएको छ, दशैंमा राजधानी भित्र्याउने खसीबोकाको स्वास्थ्य परीक्षण शुरु गर्न लागेको काठमाडौं महानगरपालिकाले सबै जनतालाई स्वस्थ्य खसीबोकाको मात्र मासु खान अनुरोध गरेको छ ।