प्रवास

अमेरिकाको टेक्सासमा नेपालीहरु अलपत्र !

एजेन्सी । अमेरिकाको टेक्सास क्षेत्रमा आँधीका कारण जनजीवन अस्तव्यस्त भएको छ । अमेरिकाको चौथो ठुलो सहर टेक्सासमा ठूलो संख्यामा रहेका नेपालीका दर्जनौं परिवार अलपत्र परेको अवस्थामा रहेको ह्युस्टनमा बसोबास गर्दै आएका नेपाल टेलिभिजनका पूर्व अध्यक्ष तथा पत्रकार तारा बराल बताउँछन् ।

बरालले भने, ‘आँधीसहितको बर्षातका कारण ह्युस्टनको उद्योगधन्दा, व्यापार, स्कुल, विमानस्थल बूरै बन्द छ । मानिसहरु घरबाहिर निस्कन सकेका छैनन् । प्राय सबै हाइवे र फिडर रोडहरु यतिखेर नदी र तलाउमा परिणत भएका छन् ।’शनिबारका प्राय सबै दैनिक पत्रपत्रिकाहरुमा समाचार प्रकाशित छन् ।