विचित्र संसार

१३ वर्षीय बालिकाले आफ्नो प्रेमीलाई यस्तो प्रेमपत्र लेखेर गरिन् आत्महत्या !!

आफ्नो प्रेमी समीर श्रेष्ठको नाममा प्रेमपत्र लेखेर आत्महत्या गरेकी छिन् निर्मला सुनुवारले जो मात्र १३ वर्षकी थिईन् ।
उनी काभ्रेको रोशी गाउँपालिका १ खहरेपागुकी हुन् भने तत्काल बनेपा ७ स्थित डेरामा आफ्नो दाजुहरुसँग बस्दै आएकी थिईन् । निर्मलाले प्रेमीलाई लामो पत्र लेखेर कोठाको पङ्खामा झुण्डिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बनेपाले बताएको छ ।

प्रहरीका अनुसार चैतन्य माविमा कक्षा ६ मा पढ्दै आएकी उनले सोही विद्यालयको कक्षा ६ मा अध्यनरत समीर श्रेष्ठलाई माया गर्छु भन्दै लेखेको प्रेमपत्र शव संगै फेला परेको हो ।
एकै कक्षामा पढ्दै आएका श्रेष्ठ र सुनुवार केही समयदेखि प्रेम सम्बन्धमा रहेको प्रहरी अनुसनधानबाट खुलेको छ । मोबाइलमा कुराकानी नभए पनि पत्र मार्फत् मायाको कुरा हुने गरेको प्रहरीले जनाएको छ । शनिबार साँझ कोठामा संगै बसेका दाजुहरुले प्रेम बारे थाहा पाएसंगै उनले लेखेको प्रेमपत्र फेला पारेका थिए । दाजुले प्रेमको कुरा थाहा पाएपछि आइतबार बिहान कोठाको पङ्खामा झुण्डिएको अवस्थामा निर्मलाको शव भेटिएको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धाबाट निर्मलाको मृत्युको कारण प्रेम सम्बध नै रहेको खुलेको छ । दाजुले प्रेमपत्र फेला पारेसंगै लाज वा डरले आत्महत्या गरेको हुनसक्ने इलाका प्रहरी कार्यलयका सई भक्त श्रेष्ठले जानकारी दिए ।

प्रेम पत्रमा लेखेका केही शब्दहरु यस प्रकार छन् !

‘समीर म तिमिलाई माया गर्छु, ‘आई लभ यू सो मच एण्ड मिस यू सो मच’, मैले यो जीवनमा तिमी बाहेक अरुलाई सोच्न समेत सकेको छैन । कसम म तिमी बाट टाढा हुन सक्दिन् । तिमी बिनाको जिन्दगी सोच्न समेत सक्दिन ।’
‘समीर हामीले बा आमाको सपना पुरा गर्नुछ । तर, मैले सकिन तिमीले पूरा गर्नु । तिम्रो बा आमासंग स्कुल पढाउने खर्च नहोला, म तिमीलई खर्च दिन्छु पढ, स्कुल आऊ ।’
‘म बाबु आमाकी एक्ली छोरी हुँ । जे भने पनि मान्नुहुन्छ । तिम्रो लागि पैसाको व्यवस्था म गरौँला तर तिमी सधैँ स्कुल आऊ ल । सुनेको छु, तिमी पत्रिका बेचेर हिँड्छौ रे ? अब हिड्नु पर्दैन ।’

‘समिर तिमी कति दुःख गर्छौँ है ? तिमीले मलाई मनपराए पनि नपराए पनि म सँधै तिमीलाई माया गरिराख्छु । मेरो प्रेम प्रस्ताव स्वीकार । मलाई भन्न लाज लागे मेरी साथी दीपा चौलागाईलालाइ भन्नु ल ?’
‘माया जबरजस्ती गरिने कुरा पनि होइन । तिमी मलाई माया गर्र्छौँ वा गर्दैनौँ भोलि एउटा कापिको पानामा लेखेर देउ है समिर । ‘आई लभ यू समिर’ म तिमीलाई सधैँ माया गरिराख्ने छु।