खेलकुद

यी खेलाडीले रच्दैछन् अमेरिकामा अर्को नयाँ रेकर्ड !

एजेन्सी । अमेरिकी बक्सिङ खेलाडी फ्लोएड मेवेदर आफ्नो जीवनमा एक अर्ब अमेरिकी डलर कमाउने तेश्रो खेलाडी हुने भएका छन् । शनिबार राती युएफसी च्याम्पियन कोनर मेकग्रेगरलाई हराएका मेवेदर र मेक ग्रेगरबीच आगामी खेलमा हुने भीडन्तबाट थप ७० करोड डलर उठ्ने अनुमान रहेको छ । सो भीडन्तको दृष्य पे पर भ्यू (पैसा तिरेर हेर्ने) हेर्नुपर्ने हुन्छ ।

बक्सिङका ठूला भीडन्तहरू टिभी अथवा इन्टरनेटमा हेर्न हरेक चोटी पैसा तिर्नु पर्ने हुन्छ। सो भीडन्तको हेर्न चाहनेको संख्या यति ठूलो भयो कि पे पर भ्यूको सर्भर नै बिग्रिएको थियो।

यसको एकीन रकम आउन अझै केही दिन लाग्नेछ तर विश्लेषकका अनुसार सो भीडन्तले पे पर भ्यूका सबै कीर्तिमान तोड्दै ७० करोड डलर उठाउने अनुमान गरेका छन्। अनुमानित रकम उठेमा मेवेदरले त्यसबाट ३० करोड डलर पाउनेछन्। र उनको खेल जीवनको कमाइ सजिलै १ अर्ब डलरमाथि पुग्नेछ।