शिक्षा

कक्षा १२ को परिक्षाफल प्रकाशित

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ। बिहिबार प्रकाशित भएको उक्त परिक्षाफलमा कक्षा १२ मा नियमिततर्फ ४८ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यस पटकको परीक्षामा नियमिततर्फ कुल एक लाख पचहत्तर हजार ५ सय ९३ परीक्षार्थी सहभागी भएकोमा ८४ हजार ५ सय ९३ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

त्यस्तै आंशिकतर्फ एक लाख २३ हजार १ सय २१ विद्यार्थीले परीक्षा दिएकोमा ४८ हजार ७ सय ७६ जना उत्तीर्ण भएका छन् ।