पु.समाचार

पुस्कर कार्कीद्वारा पन्ध्र किलो अवैधतस्करी गर्नेलाई यसरी पक्राउ गरे

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अवैध १५ किलो सुन ओसारपसार कार्यमा संलग्न सात जनालाई पक्राउ गरेको छ ।

ब्यूरोबाट खटिएको टोलीले चीनको तिब्बतबाट रसुवाको केरुङ नाका र सिन्धुपाल्चोकको तातोपानी नाकाबाट काठमाडौँ ल्याएर सामाखुशीमा पेम्बा दोर्जे शेर्पाको कोठामा लुकाई राखेको अवस्थामा १४ किलो र धनुषाबाट भारत निकासीका लागि लैजाने क्रममा एक किलो सुन बरामद गरेको हो ।

सुन ओसारपसार गर्ने कार्यमा संलग्न भक्तपुर सूर्यविनायक नगरपालिकाका दिपेन्द्र थापा, राजेन्द्र खत्री, रवीन खत्री, काठमाडौँ महानगरपालिकाका सरोज थापा, काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिकाका विष्णु गौतम र धनुषा जनकपुर उपमहानगरपालिकाका दिपककुमार शाहलाई ब्यूरोको टोलीले बुधबार पक्राउ गरेको हो ।

ब्यूरोले आज गरेको पत्रकार सम्मेलनमा ब्यूरोका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक पुष्कर कार्कीले सिन्धुपाल्चोक घर भई सामाखुशी बस्दै आएका शेर्पाको कोठा खानतलासी गर्दा दराजमा रहेको कलेजी रंगको झोलाबाट १२ र दराजको घर्राबाट दुई किलो सुन बरामद गरेको जानकारी दिए ।

उनले ठूलो रकमको सुन नेपाल हुँदै भारत निकासी गरेर धेरै आम्दानी गर्ने उद्देश्यले अवैध ओसारपसार गरेको प्राप्त विशेष सूचनाका आधारमा शेर्पासहित सात जनालाई पक्राउ गरिएको बताए ।

महाशाखाका प्रमुख कार्कीले पक्राउ परेका व्यक्तिसँग २२ किलो सुन भए पनि अहिलेसम्म १५ किलोमात्र सुन फेला परेको र केही भारतमा बिक्री भइसकेको बताए । प्रहरीले उनीहरुको साथबाट बा १० च ४१९३ नं को कार, एक थान स्कुटर, ६०० अमेरिकी डलर र एक हजार १९९ चिनियाँ युयान बरामद गरेको छ ।