पु.समाचार

सुनसरीबाट एघार फरार अभियुक्त पक्राउ

इनरुवा । जिल्ला प्रहरी कार्यालयले बुधबार एघार फरार अभियुक्त पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र माताहतबाट खटिएको प्रहरीे टोलीले जिल्ला अदालतबाट कैद तथा जरिवाना सजाय पाई फरार रहेका कुटपिट र लुटपाट मुद्दाका तीनजना, जालसाजीका दुईजना, लेनदेनका दुईजना, गाली बेइज्जतीका एकजना, ज्यान मार्ने उद्योगका एकजना, बहुविवाहका एकजना र चोरी मुद्दाका एकजना गरी जम्मा ११ जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए ।

पक्राउ परेका सबै जनालाई आज जिल्ला अदालतमा उपस्थित गराइएको छ ।