पु.समाचार

नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा सडक बग्यो, हज्जारौ यात्रु र सवारी साधन अलपत्र !

काठमाण्डौ । निरन्तर परेको वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड बगाउँदा सयौं सवारी साधन अलपत्र परेका छन् । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ चोरखोला नजिकै चारकिलोमा पहिरोले सडक बगाउँदा सवारी साधन अलपत्र परेका हुन् ।

अविरल वर्षाका कारण ९ मिटर चौडा सडकमा ४ मिटर बगेको नारायणगढ मुग्लिन सडक आयोजनाले बताएको छ । त्रिशुली किनारतर्फको आधा सडक बगाएपछि यसबेला सवारी साधनको लर्को लागेको छ ।

सडक आयोजनाका अनुसार आधा सडक बगेपछि सवारी चलाउन समेत समस्या भएको छ । रातभर परेको पानी अहिले पनि जारी रहेकोले सडक खुलाउन कठिानाई भैरहेको जनाइएको छ ।