विचित्र संसार

हेर्नुहोस् संसारकै सबै भन्दा सेक्सी ट्याक्सि ड्राइभर, जाममा पर्दा यात्रुको मोज !!

जोयेस ट्याडिओ नामक एक २७ वर्षीया ट्याक्सि ड्राइभरको फोटो सामाजिक सञ्जालमा निकै भाइरल हुँदै आएको छ । संसारकै सबै भन्दा सेक्सि ट्याक्सि ड्राइभर मानिने उनि फिलिपिन्सको मनिलामा बस्छिन् । उनी भन्छिन्, ‘म सँग यात्रा गर्ने यात्रुले ट्राफिक जाममा पनि आनन्द महसुस गर्ने गर्छन् ।’

जोयेस एक मेडिकल रेप्रिजेन्टेटिभ पनि हुन् !

ट्याक्सि ड्राइभर बन्नुभन्दा पहिले जोयेस एक औषधी कम्पनीमा मेडिकल रेप्रिजेन्टेटिभ भएर काम गरिसकेको पनि बताउँछिन् । तर यसबाट आफू आजित भएकाले करिब ८ महिना पहिले ट्याक्सि ड्राइभरको पेशालाई अंगालेको र अहिले ड्रेसमेकिङसमेत पढिरहेको उनले भनिन् ।

कम मात्रामा यो क्षेत्रमा महिला ट्याक्सि ड्राइभर देख्दा यात्रु प्रभावित भएर उनीसँग फोटो खिच्ने र त्यसलाई सोसल मिडियामा राख्ने भएकाले उनको फोटो भाइरल भएको जानकारी छ ।

उनलाई संसारको सबैभन्दा सेक्सी ट्याक्सि ड्राइभर घोषित गरिएको छ !

१२ घण्टा काम गर्ने जोयेस भन्छिन्, ‘यात्रुहरुले धेरैजसो ट्याक्सि ड्राइभर पुरुष हुन्छन् भनी सोच्ने गर्दछन् र मलाई देखेपछि उनीहरु छक्क पर्छन् ।’

‘मलाई यात्रुहरुले जति ध्यान दिन्छन् त्यति मनपर्छ, उनीहरुले मन पराएको महसुस गर्न रमाइलो लाग्छ । यात्रुहरुसँग फोटो खिचाउन मलाई अत्यधिक खुसी लाग्छ भने उनीहरुको प्रशंसा सुनिरहन मनलाग्छ,’ उनले भनिन् ।

‘धेरैजनाले मेरो नम्बर पनि माग्ने गर्छन् तर यस्तो अवस्थामा म कुरालाई हाँसेर टार्छु । मैले कसैलाई पनि डेटिङ गरेको छैन किनभने ड्राइभर र पेसेन्जरबिच निकै कडा नियम तोकिएको छ,’ उनले भनिन् ।

आफू ‘साथीहरुको कमाई’ सँग प्रभावित भएको र पुरुष साथीहरुलेसमेत यो पेशा अंगाल्न सुझाएर गरिरहेको उनले बताइन् ।

उनी तत्काल मनिलाको बोनिफासियो ग्लोबल सिटीको वरिपरि काम गर्ने र आफ्नो रुटको नजिक भएका यात्रुलाई यात्रा गराउने गर्छिन् भने यात्रुहरु पनि उनको ट्याक्सिमा यात्रा गर्न अत्याधिक रुचाउँछन् ।