समाचार

पीडा भुल्न बाढीपीडितलाई मनोपरामर्श तालीम

इटहरी । पीडामै रुमल्लिएका सुनसरी र मोरङ जिल्लाका बाढीपीडतलाई व्यवहारिक जीवनमा अभ्यस्त तुल्याउ मनोपरामर्श तालीम दिन थालिएको छ ।

बाढीबाट परिवारका सदस्य गुमाउन पुगेका तथा घरबारविहीन भई त्रस्त भएका व्यक्तिलाई सहज अवस्थामा ल्याउने उद्देश्यले काठमाडौँबाट आएकी मनोपरामर्शदाता कञ्चन रावतले यस क्षेत्रका पीडित माझमा मनोरञ्जनात्मकरुपले पीडा भुलाउने अभ्यास गराइरहेकी हुन् ।
उनले क्विक भोलेन्टियर्सका युवा एवं अन्य समुदायको सहयोगमा मनोपरामर्श र योग अभ्यासका साथै दैवी प्रकोप हुँदा व्यहोर्नुपर्ने कहालीलाग्दो अवस्था एवं त्यसले मानवीय जीवनमा पार्ने कष्टकर अवस्थालाई कसरी भुल्ने भन्ने विषयमा अभ्यस्त हुन सिकाउँदै आएकी छन् ।

मनोपरामर्शदाता कञ्चन रावतले अझै एक हप्ताभन्दा बढी समय बाढी प्रभावित क्षेत्रमा रहेर त्यस प्रकारको प्रशिक्षण दिने पनि जानकारी दिएकी छन् ।