मनोरञ्जन

५ बर्षको फुच्चेले देखाए यस्तो बहादुरी, एक्लै बने धेरैलाई भारी !! (हेर्नुहोस् भिडियो)

लोकल न्युज च्यानल र सामाजिक सञ्जालमा निकै चर्चामा आएको यो भिडियोमा एउटा ५ वर्षै फुच्चेले आफ्नो केटी साथीको हात समातेर हिडिरहेको छ । अचानक, यो डरलाग्दो घटना भारतको हैदराबाद नजिकैको अन्जनीयानगर भन्ने ठाउँमा घट्छ र त्याहाँ स्थित एउटा घरको सीसीटिभी क्यामेरामा उक्त भिडियो कैद हुन पुग्छ ।

भिडियोमा प्रष्ट रुपमा सानो फुच्चेको बहादुरी कैद भएको छ । उ आफ्नो सानो साथिसँग हिडिरहेको बेला बाटो छेउमा सुतिरहेका केही कुकुरहरुले आक्रमण गर्न खोज्छन् । त्यो देखे लगतै उसको सानि केटी साथी त्यहाँबाट कुलेलाम ठोक्न (भाग्न) सफल हुन्छिन् । तर फुच्चे भने बहादुरी देखाएर, हावामा हात उज्याएर उल्टै कुकुहरुलाई भगाउन सफल हुन्छन् ।
उनी आफ्नो साथिलाई खोज्न त्यहाँबाट फर्किन खोज्दा फेरी अर्कोतिरबाट एउटा कुकुरले आक्रमण गर्न खोज्छ र ३ वटा कुकुरले उनलाई वरीपरीबाट घेर्छन् । फेरी फुच्चे निडर भएर पहिलेकै उपाए अप्नाउछन् अनि ३ वटै कुकुरतिर हात उज्याएर भगाउन सफल हुन्छन् र सरासर आफ्नो बाटो लाग्छन् ।
यो भिडियो रिलिज भएदेखि लोकल न्युज च्यानल र सामाजिक सञ्जालमा निकै भाइरल भएको छ भने सानो भाइको बहादुरीको प्रसंसा पनि निकै बढिनै रहेको छ ।

                     यूट्युब- मुधिराज कृष्णबाट