समाचार

यसरी भयो प्रधानमन्त्री देउवाको बिदाई, भारतबाट आज स्वदेश फर्कदै

काठमाण्डौ । भारतका सञ्चार राज्यमन्त्री मनोज सिन्हाले प्रधानमन्त्री शेरबहादुर देउवाको केही बेरअघि इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई भेट गरेका छन् ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवासहितको नेपाली प्रतिनिधिमण्डल नेपाल वायु सेवा निगमको नियमित उडानमार्फत त्यहाँबाट प्रस्थान गरेका छन् । उक्त टोली राति आठ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।

प्रधानमन्त्री देउवा आज अपराह्न बिहार राज्यको बोधगयाबाट नयाँदिल्ली आइपुगेका हुन् । उनी गत बुधबार भारत भ्रमणमा गएका थिए ।