स्वास्थ्य

७२ घण्टा भित्रमा यसरी आफ्नो फोक्सो आफै सफा गर्नुहोस्, धुम्रपान गर्नेहरुलाइ बढि उपयोग !

काठमाडौं । चुरोट खानेलाई मात्रै नभएर अरु मानिसलाई पनि फोक्सोमा समस्या हुनेगर्छ । यदि तपाईको चुरोट तान्ने बानि छ भने फोक्सोमा अवश्य खराबी छ ।

तर तपाईले यस्ता समस्या घरेलु विधि प्रयोग गरेरै ७२ घण्टाभित्र आफ्नो फोक्सो सफा गर्न सक्नुहुनेछ र यो विधि सुरु गर्नुभन्दा पहिले दुग्धजन्य पदार्थहरुलाई आफ्नो भोजनबाट टाढा राख्नु आवश्यक छ किनभने दुग्धजन्य पदार्थको सेवनले गर्दा फोक्सोमा भएका विषाक्त तत्वहरुलाई बाहिर निकाल्न शरीरलाई गाह्रो पर्दछ ।

घरेलु विधि प्रयोग गर्ने तरीकाः

१. सुत्नु अगाडि जडिबुटीबाट बनेको चिया पिएर यो विधिको सुरुवात गर्नुहोस् । पेटमा भएका र कब्जियतको कारक बनेका विषालु तत्वहरुलाई यो चिया पिएर नाश गर्नुहोस् र आफ्नो फोक्सोलाई काम गर्न सहज बनाउनुहोस् ।

२. भोलिपल्ट बिहानको खाना खानुअगाडि दुईवटा कागती र आदा चम्चा नुन तातो पानीमा मिसाएर पिउनुहोस् अनि आदा लिटर भुँइकटहर वा अंगुरको जुस पनि पिउनुहोला । यसमा प्राकृतिक एन्टीअक्सिडेन्ट हुन्छ जसले श्वास प्रश्वास प्रणालीलाई सहयोग गर्दछ ।

३. बिहानको खाना खाएपछि र दिउँसोको खाना खानुअघिको समय भित्रमा ०.५ लिटर गाजरको जुस पिउनुहोस् र शरीरमा अल्कालीको मात्रा बढाउँछ ।

४.दिउँसो खाना खाए लगतै आँप, केरा, सुन्तला, मेवा जस्ता फलफूलमा पोटासियम भएको जुस ०.५ लिटर पिउनुहोस् जसमा विषाक्त तत्व फाल्ने क्षमता हुन्छ ।

५‍.यो विधिलार्य अझै प्रभावकारी बनाउन तातो पानीले २० मिनेट नुहाउनुँहोस् । नुहाउँदा फोक्सोमा भएका विषाक्त पदार्थ बाहिर निकाल्न तातो पानीले पनि महत्व भुमिका खेल्ने गर्दछ र तातो पानीमा मसलाको तेल मिसाएर बाफ लिँदा अझ राम्रो हुने अनुमान रहेको छ ।

                                                                                                                                                           -एजेन्सिको सहयोगमा