पु.समाचार

देशको पूर्वी भेगमा फेरि अनिष्टको संकेत देखियो, सर्वसाधारणलाई सतर्क रहन सरकारको आह्वान !

काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागले देशको पूर्वी भेगमा फेरि भीषण वर्षा भई बाढी आउन सक्ने भन्दै सो क्षेत्रका बासिन्दालाई सतर्क भएर बस्न आह्वान गरेको छ ।  आइतबार बिहान बाढी पूर्वानुमान बुलेटिनमार्फत विभागले सो आह्वान गरेको हो ।

विभागले देशका पूर्वी तराई–झापा, मोरङ, सुनसरी सप्तरीमा आइतबार बेलुकासम्मै सर्तकर्ता अप्नाउन आग्रह गरेको छ ।  विभागले चुरे र महाभारतबाट बहने सबै नदी तटीय क्षेत्रका बासिन्दालाई समेत सतर्क रहन आग्रह गरेको छ ।

विभागले पूर्वको झापा,मोरङ,सुनसरी,सप्तरी लगायतका जिल्लाहरुसँग जोडिएका महाभारत र चुरेबाट बहने नदीहरु मेची, कन्काई, बिरिङ लगायत नदीहरुमा आइतबार अपरान्हसम्म त्यति खतरा नदेखिएपनि त्यसपछि सतर्कता अप्नाउन आह्वान गरेको छ ।

विभागले कोसी, बागमती, नारायणी, पश्चिम राप्ती, कर्णाली र महाकाली लगायतका नदीहरुमा भने सोमबारसम्म त्यति धेरै खतरा नदेखिएको स्पष्ट पारेको छ ।