खेलकुद

क्रिष्टयानो रोनाल्डो यस वर्षको उत्कृष्ठ खेलाडी घोषित

एजेन्सी । विश्वप्रसिद्ध खेलाडी क्रिष्टियानो रोनाल्डो यस वर्षको युएफा वर्ष खेलाडी घोषित भएका छन् । अर्का स्टार लियोनल मेसी र जियानलुइजी बुफोनलाई पछि पार्दै रोनाल्डो वर्ष खेलाडी घोषणाा भएका हुन् ।

रोनाल्डाको बारेमा च्याम्पियन लिग र युरापा लिगका ८० जना प्रशिक्षक र ५५ जना पत्रकारहरुको समूहले मुल्यांकन गरेको थियो ।

उक्त मुल्यांकनमा रोनाल्डोले ४८२ अंक ल्याएका थिए भने मेसीले १४१ र बुफोनले १०९ अंक प्राप्त गरेका थिए ।