मनोरञ्जन

‘२ रुपैयाँ’ चलचित्रमा ‘कुटुमा कुटु’ बोलको गीत पछाडि अब लाउरेको र्‍याप

‘कुटुमा कुटु’ बोलको गीत भएको चलचित्र ‘२ रुपैयाँ’ रिलिज हुन अब २ साता मात्र बाँकी छ भने उक्त बोलको गितले निकै चर्चा पाएर तहल्का मच्चाइरहेको छ । यसको निर्माणपक्षले भने अझै चलचित्रका लगि ओएसटी गीतको छायांकन गरेको छ ।

छायांकन गरिएको भिडियोमा लाउरे, एड्रे, मुख्य कलाकारद्धय निश्चल बस्नेत र आशिफ शाहलाइ देख्न सकिनेछ ।

र्‍यापर लाउरेले चलचित्रको लागि तयार पारिएको ओएसटी गीतमा र्‍याप हानेका हुन् भने र्‍यापर एड्रेले चलचित्रका लागि र्‍याप गीत गाएर लाउरेलाई साथ दिएका छन् ।

आशिम शाहको निर्देशनमा तयार भएको यो हास्य चलचित्रमा निश्चल बस्नेत, आशिफ शाह, मेनुका प्रधान, वुद्धि तामाङको मुख्य भूमिका छ र उक्त चलचित्र भदौ २३ गतेबाट रिलिजमा आउने भएको छ ।

लाउरे र एड्रेका फ्यान अधिकांश यूवायूवती भएको कारण यो ओएसटीले ती यूवायूवतीलाइ हलसम्म तान्ने विश्वास निश्चल र आशिफको छ ।