पु.समाचार

किन एक्कासि सामाजिक सञ्जालबाट बाहिरिए डिआइजी जोशी ?

काठमाण्डौ । नेपाल प्रहरीका डिआइजी छबिराज जोशी सामाजिक सञ्जाल फेसबुकबाट कटेका छन् ।  प्रहरी सेवामा कार्यरत रहेपछि निकै व्यस्त हुनपरेको समस्या देखाउँदै उनले आफ्नो फेसबुक अकाउन्टनै निश्क्रिय पारिदिएका हुन् ।

उनले आफ्नो फेसबुक अकाउन्टमै स्टाटस् लेखेर सो कुराको जानकारी दिएका छन् । नेपाल प्रहरीको उच्च ओहोदामा रहेका डिआइजी जोशीले नै यसरी सामाजिक सञ्जाल फेसबुकलाई निस्क्रिय पारेपछि त्यसबाट सुविधा लिइरहेका उनका मित्र र शुभचिन्तकहरुले आश्चर्य मानेका छन् ।

यद्यपि, फेसबुक अकाउन्टलाई निश्क्रिय पारे पनि त्यसलाई पुन अपडेट गर्न सकिने प्रावधान रहेकोले डिआइजी जोशीले कहिलेसम्म त्यसलाई निश्क्रिय पार्ने हुन्, त्यो भने खुलेको छैन् । पछिल्लो समयमा सामाजिक सञ्जालहरुको दूरुपयोग बढ्ने क्रम बढेपछि त्यसले प्रहरी अफिसरहरुलाई समेत प्रभाव पर्ने गरेको देखिदै आएको छ ।

कानूनलाई उपयोग गर्ने अधिकारीहरु समेत सामाजिक सञ्जालका कारण हैरान भएका विषयहरु बाहिर आइरहेका छन् ।  त्यसकारण पनि डिआइजी जोशीजस्ता प्रहरी अफिसरहरु यसको प्रयोगबाट कटेका हुनसक्ने धेरैले अनुमान गरेका छन् ।  डिआइजी जोशी केही दिनअघि मात्रै एसएसपीबाट डिआइजीमा बढुवा भएका थिए ।