विचित्र संसार

यी बृद्ध जसले ६३ वर्षदेखि नुहाएका छैनन्, दिन्छन् यस्तो प्रतिक्रिया !

एजेन्सी  । नेपाल भन्दा धेरै अगाडी विकसीत मानिएको इरानमा एक यस्ता व्यक्ति छन्, जो संसारका आममान्छेभन्दा उल्टा छन् । उनी ६३ वर्षदेखि नुहाएका छैनन् ।

८३ वर्षीय अमोउ हाजी जसको शरीरमा मैलोको मोटो पत्र जमेको छ । तर, अमोउ भन्छन्, ‘यही फोहोरका कारण ८३ वर्षदेखि म स्वस्थ छु ।’ फोहोरकै कारण लामो जीवन जिउन सकेको उनी तर्क गर्छन् ।

ननुहाएकै कारण उनी आफ्नो गाउँबाट केही टाढा बस्छन् । तर, केही गाउँले वेलावेलामा उनलाई भेट्न भने पुग्छन् । गाउँलेहरूले उनलाई सानो झुपडी नै बनाइदिएका छन् ।

अमोउको खान्की पनि अचम्मको छ । उनी प्राकृतिक तरिकाबाट मारिएका या कार दुर्घटनामा परेर मरेका जनावरको सडेको मासु मन पराउँछन् । बाहिरी सुख–सुविधा त्यागेर पनि आफू खुसी रहेको उनी बताउँछन् ।

अमोउ कहिल्यै ननुहाए पनि दैनिक दुई ग्यालेन पानी भने पिउँछन् । धेरै पानी पिउँदा शरीर स्वस्थ हुने उनी बताउँछन् । कतिपयले उनलाई नुहाउने सल्लाह पनि दिए । तर, उनलाई त्यो सुझाब चित्त बुझेन । उनी भन्छन्, ‘सरसफाइका कारण म बिरामी पर्छु ।’