पु.समाचार

आज हिन्दु नारीहरुको महान पर्व तिज, धुमधामका साथ मनाईदै

काठमाण्डौ । बिहीबार हिन्दु नारीहरुको महान चाड तीज धुमधामका साथ मनाइदैछ । सो पर्वको अवसरमा हिन्दु नारीहरुले आफ्नो पति र वरको दिर्घायूको कामना गर्ने गर्दछन् ।

हिन्दु धार्मिक ग्रन्थहरुका अनुसार सत्ययुगमा हिमालय पर्वतले विष्णुलाई कन्यादान दिन लागेको थाहा पाएर उनकी छोरी पार्वतीका साथीहरुले उनलाई लुकाएर राखेको र सोही स्थानमा पार्वतीले निर्जला वर्त बसेको हुनाले यसलाई हरितालिका तिज भन्ने चलन चलेको हो ।

यो पर्वमा विवाहित महिलाहरुले आफ्नो पतिको दिर्घायुको कामना गर्ने गर्छन् भने विवाह नगरेका युवतीहरुले राम्रो वर पाउ भनेर कामना गर्ने गर्छन् ।

यो पर्व भाद्र शुक्ल द्धितियाका दिनको राती दर खाएर तृतियाका दिनदेखि पञ्चमीका दिन अरुनधत्तीसहित सप्तऋषिको पुजा गरेर मनाउने गरिन्छ ।