पु.समाचार

काँग्रेसले हस्तान्तरण गरेको धेरैपछि एमालेले यसरी हस्तान्तरण गर्यो बाढीपीडितलाई राहत

काठमाडौँ । नेपाली काँग्रेसले एकमहिनाको तलब बाढीपीडितलाई हस्तान्तरण गरेपछि केहिदिनमा नै माओबादी केन्द्रले हस्तान्तरण गरेपनि बिभिन्न बखेडामा लागेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अन्ततः आफ्ना सांसदहरुको एक महिनाको तलब बराबरको चेक प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताले प्रधानमन्त्री शेरबहादुर देउवालाई मंगलबार प्रधानमन्त्री एवम् मन्त्रिपरिषद्का कार्यालय सिंहदरबारमा भेट गरी एमालेका सांसदहरुका तर्फबाट संकलन भएको रु ९९ लाख ७८ हजार ३९० को चेक हस्तान्तरण गरेका छन् ।

सो अवसरमा प्रधानमन्त्री देउवाले रकम हस्तान्तरण गरेकामा एमालेलाई धन्यवाद दिए ।

भेटमा बाढीपहिरो पीडितको राहत र पुनः स्थापनाको कार्य प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको एमालेले जनाएको छ ।