समाचार

रसुवागढी नाकामा पाँच सय कन्टेनर अलपत्र

रसुवा । कारोबार मूल्य तोक्ने विषयमा भन्सार कर्मचारी र व्यापारीबीच असमझदारी हुँदा पाँच सय भन्दा बढी मालबाहक कन्टेनर रसुवागढी नाकामा अलपत्र परेका छन् ।

दशैंका लागि लक्षित गरी व्यापारीले ल्याएका सामानहरु नाकामै अलपत्र परेका हुन् । सरकारले चालु आर्थिक बर्षका लागि गत सालको तुलनामा राजश्व लक्ष्य वृद्धि गरेपछि भन्सारले कारोबार मूल्यमा कडाइ गर्दा असमझदारी उत्पन्न भएको हो ।

आजका पत्रपत्रिकाहरुमा समाचार लेखिएको छ, दुइ पक्षबीच कुरा नमिल्दा कन्टेनर अलपत्र परेका हुन् ।