समाचार

रक्तदान पछि नेबिसङद्धारा राहत बितरण

काठमाण्डौ । नेबिसङ केन्द्रीय समितिको निर्णय अनुसार आज उपाध्यक्ष पवन यादवको नेतृत्वमा पर्सा जिल्लाको बेलवा स्थित अति विपन्न १३० परिवारलाई खाध्यान्न सामग्री हस्तान्तरण गरिएको छ ।

उपाध्यक्ष यादव नेतृत्वको समुहले काठमाडौंमा संकलन उक्त गरेको राहत आज नेपाली काङ्ग्रेस पर्सा र नेबिसङ पर्साको समन्वयमा उक्त ठाउमा वितरण गरिएको केन्द्रिय सदस्य तारक के सीले बताएका छन । उक्त टोलिमा सह महामन्त्री अम्बिका चलाउने केन्द्रिय सदस्य तारक केसी गिता गुरुङ, सुधिर पटेल लगायतको सहभागिता रहेको थियो ।

गतसाताको बाढीबाट प्रभावित विपन्न र संकटमा रहेका परिवारलाई न्युनतम रुपमा भएपनि आफुहरुले सहयोग गरेकोमा पीडितहरुले सहजता आएको बताए ।

शुक्रबारमात्र बाढीपीडितको उपचारको लागी रगतको कमी नहोस भन्ने हेतुले भृकुटीमण्डपमा नेबिसंघ केन्द्रीय समितिले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।